शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०३ असार २०८१

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

https://jawaaf.com/storage/01J0JDMHZYA9Z2WA49PFQM5ZXE.jpg

काठमाडौँ, ३ असार I बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png