बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०३ असार २०८१

बकर-इदको अवसरमा जसपा अध्यक्ष राईद्धारा शुभकामना व्यक्त

https://jawaaf.com/storage/01J0JRJXCQBB9TVC2DG7P4CC0R.jpg

काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री मा. अशोक राईले इस्लाम धर्मालम्बीको महान पर्व ईद–उल–अजहा (बकर–ईद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष राईले इस्लाम धर्मावलम्वीहरुले मनाउने त्याग र बलिदानको महान पर्व ईद–उल–अजहा (बकर–ईद) २०८१ को पावन अवसरमा स्वदेश र विदेशमा बस्ने सबै इस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरूमा यस पर्वको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै ईद–उल–अजाह (बकर–ईद) मुबारक रहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै यस पर्वले मुलुकमा शान्ति, सद्‍भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ईद–उल–अजहा (बकर–ईद) ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png