सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०७ असार २०८१

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

https://jawaaf.com/storage/01J0WV2BA8XKTGYY7TNVW7WJBY.jpg

काठमाडौँ, ७ असार I  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको  समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिनुभयो । 

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png