मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१

सुर्खेतमा एन्फा महिला लिग छनोट

https://jawaaf.com/storage/01HVT5HHZR83CSKT8PPRNAQGZS.jpg

कर्णाली ७ वैशाख I कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगर स्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगिता ‘राउन्ड रविन’ ढाँचामा सञ्चालन हुनेछ ।     
     
शीर्ष तीन टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र तिनले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख र राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु २५ लाख विनियोजन भएको छ ।     

सम्बन्धित खबर

/frontend/images/redline.png