सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २३ असार २०८१

जसपा धरान उपमहानगर समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

https://jawaaf.com/storage/01J25YYCAMFV49QFJ2CB73Y1G5.jpg

धरान (सुनसरी), २३ असार । जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकोछ । हिजो असार २२ गते आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाको २० नं. वडामा पर्ने बुढाहाङ्ग पार्क परिसरमा वृक्षरोपण कार्यक्रम गरेको हो । 

सो स्थानको वातावरणमा हुर्किन सक्ने  एक सय पचास भन्दा बढि बोटबिरुवाका प्रजातिहरू वृक्षरोपण कार्यक्रममा रोपिएको जसपा नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बुले बताउनु भयो । अविरल वर्षाबाट हुन सक्ने प्राकृतिक क्षति र त्यस बाट मानव वस्तिहरूलाई आउने दिनहरूमा पार्ने असर कम गर्नका लागि वृक्षरोपण कार्यक्रम गरिएको नगर अध्यक्ष लिम्बुले बताउनु भयो ।

वृक्षरोपण कार्यक्रम स्थल I

वृक्षरोपण कार्यक्रममा जसपा केन्द्रीय सदस्य भीम राई, प्रदेश नं.१ का पार्टी सचिव राम माण्डुपा राई लगायत पार्टीमा आबद्ध युवा र विद्यार्थीहरूको पनि उपस्थितिरहेको थियो । 


वृक्षरोपण समापन कार्यक्रमलाई सम्बोधन गदै केन्द्रीय सदस्य राईले धरान उपमहानगरपालिकाको वडाहरू मध्ये २० नंं वडा बढि प्राकृतिक प्रकोपको जोखिममा रहेको वडा हो । र, आजको वृक्षरोपण कार्यक्रमले यस क्षेत्रमा भविष्यमा प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न  धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो साथै पर्यावरणलाई सकारात्मक सहयोग पुग्ने यस्ता कार्यक्रमलाई अभियानकै रूपमा निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png