मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २३ असार २०८१

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

https://jawaaf.com/storage/01J264X5B461AYZ1BHFWG17ZGG.jpg

काठमाडौं, २३ असार I नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित ग¥यो ।

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनीले कर्णाली प्रदेशलाई १२–८ ले पन्छउँदै तेश्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवम् प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घकी अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

सम्बन्धित खबर

/frontend/images/redline.png