धनकुटामा माइक्रो दुर्घटना १५ जना घाइते
धरान । काठमाडौँबाट सङ्खुवासभाको खाँदबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाँजू श्रेष्ठले जानकारी दिए । माइक्रो सडकबाट करिब ७५ फिट तल खसेको छ । दुर्घटना पछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइक्रोमा चालक सहित जम्मा २० जना यात्रु सवार रहेका थिए । थप विवरण आउन बाकी I
सम्बन्धित खबर