बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २३ असार २०८१

जसपा नेपाल धरान उपमहानगर समितिको सचिवमा सागर सरगम चेम्जोङ

https://jawaaf.com/storage/01J26N95MFRY8N2VBYSVPA2J0Y.jpg

धरान, २३ असार। जनता समाजवादी पार्टी नेपाल धरान उपमहानगर समितिको आयोजनामा पार्टी प्रवेश तथा पदपूर्ति कार्यक्रमबाट सचिवमा सागर सरगम चेम्जोङ चयन भएका छन। सचिव चेम्जोङ २०७३ सालको महेन्द्र बहुमुखी क्याम्पस धरानका निर्वाचित पूर्व स्ववियु सभापनि पनि हुन । हिजो असार २२ गते ताजुब लिम्बुको अध्यक्षतामा सम्पन्न भएको पदपूर्ति तथा पार्टी प्रवेश  कार्यक्रमबाट चेम्जोङ सचिव पदमा चयन भएका हुन।

 

साथै उक्त कार्यक्रममा नेफिन धरान नगर अध्यक्ष सुवास हुक्पा चोङबाङ , सह सचिव कर्ण सुनुवार, किरात सुनुवार सेवा समाज धरान कोषाध्यक्ष हेमराज सुनुवार,पूर्व संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरी उपाध्यक्ष सन्तोष केदेम, किरात याक्खा छुम्मा सुनसरी पूर्व सचिव शान्ता लिखां लगायत अन्य ४२ जनाले पार्टी प्रवेश गरेकाछन ।


३१ सदस्य नगर समिति र ३ सदस्य सल्लाहकार समिति सहित को नगर कमिटी गठन भएको छ। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रम पार्टीका केन्द्रीय नेता रकम चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

सम्बन्धित खबर

/frontend/images/redline.png