शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २४ असार २०८१

तोलामा रु चार सयले घट्यो सुनको मूल्य

https://jawaaf.com/storage/01J28EH16CXT3X7BMXNBY46CVC.jpg

काठमाडौँ, २४ असार I आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । 

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ । महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ । आइतबार  रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png