शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ३० असार २०८१

जङ्गली हात्तीद्वारा चारवटा घरमा क्षति

https://jawaaf.com/storage/01J2R6E4ZME5BZTCPYSTV3XPQ6.jpg

बनियानी (झापा), ३० असार I जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पु¥याएको छ । राति आएका चारवटा जङ्गली हात्तीले चार घरमा क्षति पु¥याएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पु¥याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिनुभयो । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उहाँले बताउनुभयो ।

बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति प¥याएको विषयमा जानकारी गराइएको बताउनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png