बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०१ साउन २०८१

बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीद्वारा पदभार ग्रहण

https://jawaaf.com/storage/01J2XD1M5BS8VG3SD2YW0YJ2WC.jpg

काठमाडौँ, १ साउन I महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आज पदभार सम्हाल्नु भएको छ । पदभार सम्हालेसँगै उहाँले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
     
उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन ।”     
     
यसअघि उहाँ वन तथा वातावरणमन्त्री हुनुभएको थियो । विसं २०४७ देखि राजनीतिमा सक्रिय उहाँ जनता समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ । उहाँ २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । सप्तरीको हनुमाननगर कङ्कालीनी–९ मा आमा कौशल्या देवी र बुबा भोलाप्रसाद साहुको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो । 

सम्बन्धित खबर

/frontend/images/redline.png