शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०४ साउन २०८१

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

https://jawaaf.com/storage/01J34D6PNQKKK7FE0Y2P3BTGPA.jpg

ढोरपाटन (बागलुङ), ४ साउन I गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।     
     
वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png