बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१

सङ्खुवासभाको भविष्य ऊर्जामा छः उर्जामन्त्री खड्का

https://jawaaf.com/storage/01J37J0YV125WYYSWY01Q6RXE7.jpg

काठमाडौँ, ५ साउन I ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ  ।

सङ्खुवासभा-काठमाडौँ पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो मुख्यप्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताउनुभयो ।

उहाँले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गर्नुभयो । “सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन  सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”, उहाँले भन्नुभयो । 

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गर्नुभयो । उहाँले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिनुभयो ।

सङ्खुवासभा-काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शङ्कर खनालले स्रोत साधनले अत्यन्त धनी सङ्खुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके सङ्खुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर

/frontend/images/redline.png