बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १० साउन २०८१

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

https://jawaaf.com/storage/01J3MKAEK9N5AN2MFPZMJHTB8R.jpg

काठमाडौँ, १० साउन I काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।”

सम्बन्धित खबर

/frontend/images/redline.png