सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १३ साउन २०८१

स्ववियु पदस्थापन कार्यक्रम : उपसभापति मा विजय राई निर्वाचित

https://jawaaf.com/storage/01J3WGM41Q1XJG73FVYQBMYNP8.jpg

धरान (सुनसरी) । विद्यार्थीहरूको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको उपसभापति मा विजय राई निर्वाचित भएका छन् । उपसभापति राई समाजवादी विद्यार्थी युनियनको तर्फ बाट २०७९ चैत्र ५ को स्ववियु निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए । 

स्ववियु सभापति युवराज राई (अलौकिक) द्वारा निर्वाचित भए पश्चात् विजय राई लाई बधाई तथा शुभकामना दिदै...


त्रि.वि. को स्ववियु मिश्रित निर्वाचन प्रणाली अनुसार उपसभापति पद स्ववियु सदस्यहरूबाट पदस्थापन गर्ने नियम रहेको छ । पदस्थापन गर्दा स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरूको सहमति वा बहुमतका आधारमा चयन/निर्वाचित गर्ने व्यवस्था रहेको छ । उपसभापति राई बहुमतीय प्रणाली अन्तर्गत निर्वाचित भएका हुन ।


उक्त पदस्थापन कार्यक्रममा समानुपातिक तर्फ विभिन्न सङ्गठनको खालिरहेको सदस्य पदका लागि पनि पदपूर्ति गरिएको थियो । विशाल राई (समाजवादी विद्यार्थी युनियन), भविष्य राई (अनेरास्ववियु एमाले), भूपेन्द्र देवान (अनेरास्ववियु क्रान्तिकारी) लाई रिक्त सदस्य पदमा संगठनहरू को तर्फबाट  सिफारिस गरी पद पूर्ति गरिएको थियो।

सङ्गठनहरू द्वारा सिफारिस गरिएका सदस्यहरू


त्रि.वि. स्ववियु निर्वाचन प्रणाली अनुसार, क्याम्पसको विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु सदस्य सङ्ख्या तोक्ने नियम छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा जम्मा २१ सदस्य पदका लागि निर्वाचन हुने गरेको छ । सभापति, कोषाध्यक्ष, सचिव र अन्य आठ सदस्य प्रत्यक्ष निर्वाचित र बाकी १० सदस्य मिश्रित निर्वाचन प्रणाली अन्तर्गत सङ्गठनले प्राप्त गरेको समानुपातिक मतका आधारमा बन्द सुचीमा समाहित सदस्यहरू निर्वाचित हुन्छन । 


चैत्र ५, २०७९ मा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु निर्वाचन समिति २०७९ ले निर्वाचनको समानुपातिक तर्फको अन्तिम मत परिणाम प्रकाशन गरे अनुसार समाजवादी विद्यार्थी युनियनको ६ सय नब्बे, ने.बि. संघ ६ सय छपन्न, अनेरास्ववियु (एमाले) चार सय उनन्चास, अनेरास्ववियु (कान्तिकारी) एक सय बिस र किरात खम्बुवान विद्यार्थी सङ्गठन एक सय एघार मत प्राप्त गरेका थिए । 


स्ववियु सभापति युवराज राई (अलौकिक) का अनुसार पदस्थापन कार्यक्रम श्रावण ४ मा सम्पन्न भएको र सबै साथीहरूले आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गरि रहनु भएको छ भन्ने जानकारी दिएकाछन ।

सम्बन्धित खबर

/frontend/images/redline.png