शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १३ साउन २०८१

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

https://jawaaf.com/storage/01J3WKXRS7NFB9VSMS5PC4144N.jpg

सिको, संयुक्त राज्य अमेरिका, १३ साउन I उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् । ‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ । 

राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५  किलोमिटर उत्तरमा रहेको सिको सहर नजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । 

“फैलिदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ”, क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ । एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीहरूको प्रयासका बावजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो । 

कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ । क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचनाहरू नष्ट भएको पुष्टि गरेको छ । जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको शङ्कामा ४२ वर्षीया व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ । (रासस / एएफपी)

सम्बन्धित खबर

/frontend/images/redline.png