मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १० वैशाख २०८१

‘कर्णाली किड्स कप २०८१’ मा सेमी फाइनलका खेल सम्पन्न

https://jawaaf.com/storage/01HW2MYE1SB4WFVK0YDN40P0JT.jpg

सिमकोट (हुम्ला), १० वैशाख I हुम्लाको अदानचुली गाउँपालिकामा शुक्रबार देखि जारी ‘कर्णाली किड्स कप २०८१’ अन्तर्गत आज सेमी फाइनलका खेल सम्पन्न भएका छन् ।      
सेमिफाइनमा जनकल्याण आधारभूत विद्यालय र छत्रपाल आधारभूत विद्यालयबीच भएको खेलमा छत्रपाल आधारभूत विद्यालय २–० गोलले विजयी भएको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराज महताराले जानकारी दिनुभयो ।     
     
यस्तै मष्टादेव प्राथमिक विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच भएको खेलमा सुर्योदय ७–१ गोलले विजयी भयो । अब मङ्गलबार छत्रपाल आधारभूत विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच प्रथम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार र तेस्रो हुनेलाई रु १० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो ।     
 

सम्बन्धित खबर

/frontend/images/redline.png