शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १९ भदौ २०८१

जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुस् : मन्त्री यादव

https://jawaaf.com/storage/01J6YYD894PNPG2QBCS2E0HQ6D.jpg

advertisement

वीरगञ्ज (पर्सा), १९ भदौः खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

मन्त्री यादवले आज यहाँ जनता समाजवादी पार्टी (जसपा) जिल्ला समिति पर्साले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै विकासका मुद्दालाई प्रथामिकतामा राखेर अघि बढ्न पार्टीका कार्यकर्तालाई आह्वान गर्नुभयो ।

advertisement


 “जनताका समस्या र विकास निर्माणका योजनालाई मुख्य प्रथामिकतामा राखेर अघि बढ्न सम्पूर्णलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ । त्यसैले जनताको समस्या पनि आफ्नै समस्या ठानेर समाधान गर्र्नेतर्फ अग्रसर हुन जरुरी भइसकेको छ ।”

 जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिवसमेत रहनुभएको मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ मजबुत ढङ्गले एकताबद्ध गराउन निर्देशन दिनुभयो । “जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ । हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ”, उहाँले भन्नुभयो ।


advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png