शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २४ भदौ २०८१

दिक्तेलमा ‘खोटाङ फ्युल सेन्टर’

https://jawaaf.com/storage/01J7BPM885HR7RWHZ234BFCMAC.jpg

advertisement

खोटाङ, २४ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा करिब रु छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रूपमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ सोमबारदेखि २४ सै घण्टा खुला रहनेगरी सञ्चालन ल्याइएको हो ।   


advertisement

 

स्थानीय केशव थापा, रामेश्वर बराल र सरोज श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले सेन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । करिब पाँच वर्ष लगाएर स्थापना गरिएको फ्युल सेन्टरको औपचारिक उद्घाटन गरिएलगत्तै नियमित सेवासमेत प्रवाह गरिएको सञ्चालक सञ्जिव थापाले जानकारी दिनुभयो ।   
  
औपचारिक रुपमा सञ्चालन गरिएको फ्युल सेन्टरमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ४० पैसा तथा डिजेल प्रतिलिटर १५९ रुपैयाँ ३० पैसामा बिक्री/वितरण सुरु गरिएको छ । पाँच वर्षअघि (विसं २०७६ जेठ–२८ गते) नेपाल आयल निगमबाट स्वीकृति लिएर स्थापना गरिएको फ्युल सेन्टरले पेट्रोल र डिजेल दुवैमा चार÷चारवटा नुजल जडान गरेर एउटै समयमा चारवटा सवारी साधनमा पेट्रोलियम पदार्थ वितरण सुरु गरेको हो ।   


 

advertisement


फ्युल सेन्टर स्थापनाका लागि जग्गा खरिदमा रु दुई करोड, घडेरी सम्याउन तथा पर्खाल निर्माणमा रु एक करोड, ट्रस निर्माणमा रु एक करोड, ट्याङ्की निर्माणमा रु २५ लाख, मेसिन खरिदमा रु ३० लाख, घर निर्माणमा रु ३५ लाख तथा अन्य संरचना निर्माणमा रु ९० लाख खर्च भएको लगानीकर्ता केशव थापाले जानकारी दिनुभयो ।   
  
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘खोटाङ फ्युल सेन्टर’सँगै दुईवटा फ्युल सेन्टर भएका छन् । ‘खोटाङ फ्युल सेन्टर’ रहेको स्थानभन्दा करिब ३०० मिटर टाढा स्थानीय महेन्द्र राई र ध्रुब श्रेष्ठको संयुक्त लगानीमा सात वर्षअघि हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्प सञ्चालन गरिएको थियो ।   
  
हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले प्रयाप्त पेट्रोल वा डिजेल उपलब्ध गराउन नसक्दा जिल्लामा सञ्चालित विकासे योजनाका ठेकेदारहरू आफूलाई आवश्यक पर्ने डिजेल तथा पेट्रोल खरिद गर्न ठूला शहर पुग्नुपर्ने बाध्यता थियो । आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको खोटाङ फ्युल सेन्टर सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारीसमेत रोकिने अपेक्षा गरिएको छ ।  


advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png