शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २५ भदौ २०८१

‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’

https://jawaaf.com/storage/01J7DQDRJZFWN1RZHHR9Z2VBER.jpg
प्रतिनिधिसभा बैठक सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

advertisement

काठमाडौँ, २५ भदौः नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।     
     
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।     
     
सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उहाँले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताउनुभयो । साथै उहाँले छानबिनमा सघाउने बताउनुभयो ।     


advertisement
 

सम्बन्धित खबर

/frontend/images/redline.png