सोमबार, २५ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २९ भदौ २०८१

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

https://jawaaf.com/storage/01J7RN9PZRW25F9XC4TYFGAMQ1.png

Advertisement

फुङ्लिङ (ताप्लेजुङ), २९ भदौः ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ ।

Advertisement


 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।


सम्बन्धित खबर

/frontend/images/redline.png