आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
रासस/एपी
रासस/एपी
प्रकाशित मितिः आइतबार, ०६ असोज २०८१

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु

https://jawaaf.com/storage/01J8D44XWCZ00TG9P9BZ6G12N3.jpg

Advertisement

बर्मिङ्घम (अलाबामा, अमेरिका), ६ : अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन) क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ ।

Advertisement


गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन जिल्लामा भएको अधिकारी ट्रुमन फिट्जगेराल्डले एक इमेलमा जानकारी दिनुभयो । 

 घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला पारेका थिए । उनीहरूलाई त्यहीँ मृत घोषित गरियो । फिट्जगेराल्डका अनुसार अर्का एक पुरुष गोली पीडितलाई अस्पतालमा मृत घोषित गरियो ।

Advertisement



“प्रारम्भिक अनुसन्धानले धेरै शङ्कास्पदहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेको ठूलो समूहमाथि गोली चलाएको देखाएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानकर्ताहरूले धेरै पीडित क्रसफायरमा पर्नेगरी भएको गोलीबारी आकस्मिक नभएको र एक अलग घटनाबाट उत्पन्न भएको विश्वास गरेका छन् ।”

घाइतेहरू अस्पतालहरूमा देखिन थालेको उहाँले बताउनुभयो । आइतबार बिहानसम्म प्रहरीले १८ अन्य पीडित पहिचान गरेको थियो । केहीको अवस्था जीवन–जोखिमपूर्ण रहेको थियो ।

फिट्जगेराल्डका अनुसार तत्काल कसैलाई पक्राउ गरिएको छैन । अनुसन्धानकर्ताहरूले अझै पनि लक्षित व्यक्तिहरू निर्धारण गरेका छैनन् । कुनै पनि जानकारी भएमा अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ र पुरस्कारको सम्भावना रहेको प्रहरीले बताएको छ ।

फाइभ पोइन्ट्स साउथ क्षेत्रमा मनोरञ्जन स्थल, रेस्टुरेन्ट र बारहरू छन् र त्यहाँ शनिबार राति प्रायः भीड हुन्छ I



Advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png