अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि
फाइल फोटो : बुद्रोस लिम्बु, केन्द्रीय सदस्य अखिल (क्रान्तिकारी)
काठमाडौँ, १० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैै छ ।
युनियनका नेता बुद्रोस लिम्बुका अनुसार आजदेखि नयाँ नेतृत्व चयन सहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिन सम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारी सहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने नेता लिम्बुले जानकारी दिनुभयो ।
सम्बन्धित खबर


