आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ११ असोज २०८१

पहिरोका कारण चतरा बराहक्षेत्र सडकखण्ड अवरुद्ध

https://jawaaf.com/storage/01J8T32B9KHPMB63F007K25K61.jpg

Advertisement

धरान  :  निरन्तरको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित विभिन्न स्थानमा खसेको पहिरो र खोलामा आएको बाढीका कारण बराहक्षेत्र चतरा सडकखण्ड अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीका अनुसार बराहक्षेत्र नगरपालिका १ को १७ नम्बर पुल र धनसरी खोलामा आएको बाढीका कारण चतरा र बराहक्षेत्र मन्दिर जाने बाटो आज दिउँसो १२ः३० बजेदेखि नै अवरुद्ध भएको जानकारी दिए । 

आज विहान मोरङको बिराट चोक र सुनसरीको ईटहरीबाट बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका भक्तजनहरु नगरपालिका वडा नम्बर १ को १७ नम्बर पुल र धनसरी खोलामा आएको पहिरोको कारण बिचमा अलपत्र परेका १५ जना भक्तजनहरुलाई इलाका प्रहरी महेन्द्रनगर चक्रघट्टि इलाका प्रहरी कार्यलय चतरा र प्रहरी चौकी बराहक्षेत्रकाबाट खटिएको प्रहरीको टोलिले सकुसल उद्धार गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । 

सुनसरी मातहतबाट खटिगएको प्रहरी टोलिले बाटो पन्छाउने काम गरिरहेको भए पनि अहिले निरन्तर पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरी प्रवक्ता भण्डारीको भनाई छ । 

माथिबाट ढुङ्गा माटो र लेदो सहितको पहिरो खसिरहेकोले अहिले जेसिभीले पनि काम गर्न सकेको छैन । दिउँसोबाटै सवारी आवतजावत बन्द भएको छ भने पैदल यात्रामा पनि आवतजावतमा बन्द गरिएको उनले बताए । पानी परिरहेको छ पानी रोकिए पछि हामी खोल्ने प्रयास गर्छौ उनले भने ।

Advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png