आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १३ असोज २०८१

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

https://jawaaf.com/storage/01J8Y78KXY1ZZ08C0TRR7MVPYC.jpg

ADVERTISEMENT

काठमाडौँ, १३ असोजः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ४५ निर्धारण भएको छ ।


ADVERTISEMENT

सम्बन्धित खबर

/frontend/images/redline.png