मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १६ असोज २०८१

बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु

https://jawaaf.com/storage/01J95G94TD6GF49M4ZB6PJ2C0C.jpg

ADVERTISEMENT

काठमाडौँ, १६ असोजः हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले  बताउनुभयो  ।


सम्बन्धित खबर

/frontend/images/redline.png