शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १६ असोज २०८१

वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा

https://jawaaf.com/storage/01J95TVR329569WV8V46JXPZ33.jpg

ADVERTISEMENT

फुङ्लिङ (ताप्लेजुङ), १६ असोजः विगत ११ महिना देखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ ।     
     
वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्ष मार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गते देखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।     
     
विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गर्नुभएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।     
     
हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।     
 


सम्बन्धित खबर

/frontend/images/redline.png