शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १६ असोज २०८१

पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न प्रशासनलाई आग्रह

https://jawaaf.com/storage/01J965YC6P5D7QKT296RDFWF2W.webp
फाइल फोटो

ADVERTISEMENT

फुङ्लिङ (ताप्लेजुङ), १६ असोजः पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग सङ्कलनबारे निगरानी गर्न अनुरोध गरेको हो । 

समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग सङ्कलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ । पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग सङ्कलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ । 

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरासमेत रहेको समितिको भनाइ छ । समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो ।  स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ । 


ADVERTISEMENT

सम्बन्धित खबर

/frontend/images/redline.png