शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १७ असोज २०८१

बेलिब्रिज बगाएपछि वैकल्पिक मार्गको खोजी

https://jawaaf.com/storage/01J98T0W0R6Y6Q76K033K5CVBA.jpg

ADVERTISEMENT

फुङ्लिङ (ताप्लेजुङ), १७ असोज : पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ । 

ADVERTISEMENT


 वैकल्पिक मार्गको रूपमा फुङलिङ–बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट मध्यपहाडी राजमार्ग प्रयोग गरेर तराई निस्कने योजना अघि बढाइएको छ । वैकल्पिक मार्ग सञ्चालन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू र तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमलिम्बूले पहल गर्नुभएको छ । 

ADVERTISEMENT


आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले बाटोको अवस्था ठीकै रहेको र ठाउँ–ठाउँमा मर्मत गर्नुपर्ने भएपनि दुवै गाउँपालिकाले सहयोग गरी यातायात सञ्चालन गर्न सकिने बताउनुभयो । आठराई गाउँपालिकाले तेह्रथुमतर्फको भागको मर्मत सुरु गरेको छ भने आठराई त्रिवेणीले ताप्लेजुङतर्फको बाटो मर्मत गरिरहेको छ । 


ADVERTISEMENT

सम्बन्धित खबर

/frontend/images/redline.png