आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
रासस/सिन्ह्वा
रासस/सिन्ह्वा
प्रकाशित मितिः आइतबार, २७ असोज २०८१

इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु

https://jawaaf.com/storage/01JA2YMQK6ZN2JXSJ7V4N3GNRW.jpg

Adv_3.gif 633.78 KB

गाजा, २७ असोज  : इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।     
इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र देइर अल–बालाहको बाहिरी भागलाई निशाना बनाएको प्यालेस्टिनी सुरक्षा अधिकारीहरूले सिन्ह्वालाई बताए । गोलाबारीमा सात जनाको ज्यान गएको र देइर अल–बालाहको अल–अक्सा अस्पतालमा लगिएको मेडिकल स्रोतले बताएको छ ।  

Jemima.gif 814.64 KB

   
साथै, इजरायली गोलाबारीले नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय घरमा आक्रमण गर्दा एकै परिवारका आठ सदस्यको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।     
यसैबीच, गाजाको सिभिल डिफेन्स अथोरिटीले आफ्नो टोलीले जबलियाको फालुजा क्षेत्रमा घरहरूमा फसेका तीनवटा शव र अन्य सात जनालाई बाहिर निकालेको बताएको छ ।    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतवार आफ्नो सेनाले गाजा स्ट्रिपमा विगत २४ घण्टामा करिब ४० वटा लक्ष्यमा आक्रमण गरेको र दर्जनौं आतङ्ककारीलाई मारेको बताइएको छ ।     
 


सम्बन्धित खबर

/frontend/images/redline.png