मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
रासस/एएफपी
रासस/एएफपी
प्रकाशित मितिः बुधबार, ३० असोज २०८१

नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री

https://jawaaf.com/storage/01JAA5YPR1JATS35DZZRRCQMXP.png
फाइल फोटो

Adv_3.gif 633.78 KB

सियोल, ३० असोज  : साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ।     
     

वाइबा चस्मा घर.gif 230.61 KB


लघु कथाकार र उपन्यासकार हानकोे म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उहाँ विदेशमा परिचित हुनुहुन्छ । उहाँको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो।     
     

Sakya.gif 834.85 KB


नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो ।     
     
हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उहाँका कृति र उहाँको लेखन शैलीबारे सनसनी मच्चिएको छ ।     
     

Ramesh Kalikote.gif 416.67 KB


नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उहाँका कृतिहरूको माग ह्वात्तै बढेको थियो । दशौं हजार मानिसहरूले उहाँका कृतिको माग गर्न थालेपछि बजारमा उहाँका कृतिहरूको अभाव देखिएको छ ।     


Prem Chemjong.gif 369.27 KB

     
गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले  बताएका छन् ।     
     
क्योबोका प्रवक्ता किम ह्युन जुङले भन्नुभयो, “हानका पुस्तकहरू अत्यधिक बिक्री भइरहेको अनुभव भएको छ । यो अवस्था हामीले यसअघि कहिल्यै देखेका थिएनौं।”     
     

Design Dealers.gif 816.43 KB


अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अब्टुबर १५ सम्मको तुलनामा उहाँका पुस्तकको बिक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको बिक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ ।     
     
उहाँलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र बिक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ ।     
     

Dhirendra_Kirana.gif 554.46 KB


हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ’इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रुसोको ‘एटलस डे बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको बिक्री पनि बढेको अलादिनले बताएको छ ।     
     
क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्याङ्क नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी बिक्री भएको जनाएको छ।     
     
क्योबोका कर्मचारीले  भने, “हामी केही समयदेखि प्रकाशन उद्योगमा छौं, तर यो सम्पूर्ण अवस्था हामीमध्ये केहीलाई पनि असाध्यै अवास्तविक लाग्छ।     
     
दक्षिण कोरियालीहरू यो समाचारले अति हर्षित भएका छन् ।     
     

Dipshikha.gif 334.54 KB


हानले उच्च शिक्षा हाँसिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगिएका छन् । ब्यानरमा हानले नोबेल पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै लेखिएको छ, “साहित्यमा नोबेल पुरस्कार जितेकोमा पूर्व छात्र हान काङलाई बधाई छ, योन्सेई विश्वविद्यालय उहाँलाई आफ्नो पूर्व विद्यार्थी भनेर चिनाउन पाउँदा गोरवान्यित बनेको छ ।”     
     

Hardware.gif 302.97 KB


उहाँको गृहनगर ग्वाङ्जुमा सन् १९८० मा एउटा नरसंहार भएको थियो जसले हानको प्रशंसित उपन्यास ’ह्युमन एक्ट्स’लेख्न उहाँलाई प्रेरित गरेको थियो ।     
     
हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन्।     
     
“सन् २००६ मा कम्पनीमा आबद्ध भएदेखि म यति धेरै व्यस्त कहिल्यै भएको थिइनँ”, अलादिनका एक कर्मचारीले भन्नुभयो, “यो सबै धेरै खुशीको कुरा भएको छ।” 


सम्बन्धित खबर

/frontend/images/redline.png