आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०९ कात्तिक २०८१

रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

https://jawaaf.com/storage/01JB0W0VNX683DPA7QGT4B72MT.jpg

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।  पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो । 


swastikplay and hardware (3).gif 338.56 KB


लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा आजदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।  आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।


baba_education.gif 870.63 KB

पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो ।  सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।




सम्बन्धित खबर

/frontend/images/redline.png