सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१

पशुपति गौशाला प्रकरण : मारवाडी समितिमाथि ‘अवहेलना’ मुद्दा

https://jawaaf.com/storage/01JB72T0S8M3AE337GX386AY9S.jpg

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि सञ्चालन गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदालतको अवहेलना गरेको दावी गरिएको छ ।

मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर गरेको रिटमा काठमाडौँ जिल्ला अदालतको न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाउँदै मानहानि गरेको दावी गरिएको हो ।

समितिले उच्च अदालतमा दायर गरेको रिटको आठौँ नम्बर बुँदामा ‘अंग नपुगि फैसला गरेको, इजलासले आफ्ना कानुन व्यवसायीलाई बहस गर्न नदिएको, मुद्‍दा फैसला हुने अवस्थामा नभएको र हतार हतारमा फैसला भएछ’ भनिएको छ ।

दिपशिखा गहना गृह.gif 469.33 KB

फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउने कानुनी अधिकार हुँदाहुँदै समितिले अदालतको न्यायनिरुपण प्रक्रियामाथि नै सवाल उठाएको आरोप लागेको छ । रिटमा भनिएको छ, ‘उक्त मुद्‍दामा बहस गर्न हामी बादीको तर्फबाट दुई जना र प्रतिबादीहरूको तर्फबाट करीव १० जना कानून व्यवसायीहरू रहनु भएकोमा इजलासमा दिनको ४ः३० बजे देखि ४ः४५ बजे सम्म अर्थात् करीव १५ मिनेट सामान्य छलफल भएपछि, हाम्रा कानून व्यवसायीहरूले बहस गर्न सुरु गरेकोमा इजलासले तपाईहरूले बहस गर्नु पर्दैन, मलाई सबै कुरा थाहा छ, मैले सबै कुराहरू बुझेको छु म हेरि हाल्छु नि भन्नु भएछ । मुद्‍दा फैसला हुने अवस्थामा थिएन तर हतार हतारमा फैसला भएछ ।’

Daily_Dose_Adv_07_07.gif 652.54 KB

समितिले रिटमा अगाडि भनिएको छ, ‘काठमाडौँ जिल्ला अदालतमा उक्त मुद्दाको पेशी तारेख मिति २०८१।६।१६ गते (घटस्थापनाको अघिल्लो दिन) तोकिएको थियो। मिति २०८१।६।१६ मा उक्त मुद्दा इजलास नं. १ को दैनिक पेशी सूचीमा चढेको थियो। उक्त दिन इजलास नं. १ मा चारवटा दैनिक पेशी सूँचीको लिस्ट प्रकाशित भएको थियो । हामी निवेदकहरूको मुद्दा चाही तेस्रो लिस्टको सि।नं। १ मा परेको थियो । मुद्दाको क्र।सं। र निवेदनको क्र।सं। जोड गर्दा हामीहरूको मुद्दा चाँहि २६ औं नम्बरमा पर्न गएको थियो । मुद्दा फैसला गर्न अंग पुगेको पनि थिएन ।’

baba_education.gif 870.63 KB

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले असोज १६ गते फैसला गरेपछि मारवाडी सेवा समितिले २१ वर्षदेखि सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको हो ।

अधिवक्ता खगेन्द्र सुवेदीले काठमाडौं जिल्ला अदालतमाथि प्रश्न उठाएर मारवाडी सेवा समितिले न्यायिक प्रक्रियाको मानहानि गरेको बताए । ‘अदालतले फैसला गरेर भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता भएको हो । तर समितिले न्यायाधीश र इजलासलाई नै आरोपित गरेर रिट दायर गरेको छ, यो गलत छ । उच्च अदालतले कानुनतः यो विषयमा आदेश गर्न सक्छ ।’

Bantawa_Hardware.gif 563.38 KB

यस विषयमा मारवाडी सेवा समितिका पदाधिकारीले प्रतिक्रिया दिन मानेनन् । निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले मुद्दा उच्च अदालतमा रहेकाले प्रतीक्षा गर्न आग्रह गरे ।

मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपैयाँ ‘सहयोग’ बुझाएर होटेल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पाल्दै आइरहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा असोज २० गते बसेको बैठकले धर्मशाला कोष आफैले सरकारी निकायको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ । समितिको दाबी नपुग्ने फैसलापछि कोषले असोज २२ गते महानगरसँग पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सहमति गरेको छ । तर सेवा समितिले मुद्दाको पुनरावलोकनको माग गरेको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

सम्बन्धित खबर

/frontend/images/redline.png