शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १४ कात्तिक २०८१

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : बालेन

https://jawaaf.com/storage/01JBE207AAZ4GK9G0DW0S2MANP.jpg

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।

बुधवार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरू र उद्योगहरू कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् ।

Bantawa_Hardware.gif 563.38 KB

उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरू, बाबुनानीहरू तथा अधयन गर्ने अभियन्ताहरूले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ट्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा । यो देशमा के समस्या छ रु यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्टरीहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’

baba_education.gif 870.63 KB

सिंहदरबारमा रहेको वैद्यखानामा औषधी नभइ भवनहरूमा रहेको उनको भनाइ छ ।

त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए । त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे । देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB
भिडियोमा हेर्नका लागि लिङ्क क्लिक गर्नुहोस्  ।

सम्बन्धित खबर

/frontend/images/redline.png