आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १५ कात्तिक २०८१

पूर्वी स्पेनमा भीषण बाढी, ९५ जनाको मृत्यु

https://jawaaf.com/storage/01JBG5EBFR1ZB5R76R5GPP1VXP.jpg

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौँ । स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण आएको बाढीबाट ९५ जनाको मृत्यु भएको छ । धेरै सवारीसाधन बगेका छन् भने मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ । गाउँका गल्लीहरू खोलामा परिणत भएका छन् । देशमा हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भ्यालेन्सियामा रहेको आपत्कालीन सेवाले बुधवार ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । कास्टिला ला मान्का क्षेत्रको केन्द्रीय कार्यालयले कुएन्कामा ८८ वर्षीय महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

लवे अधिकारीहरूले मलागा नजिकै ३०० जना बोकेको रेल पटरीबाट खसेको बताए । यद्यपि मानवीय क्षति भने भएको छैन । भ्यालेन्सिया सहर र म्याड्रिड बीचको उच्च गतिको रेल सेवा अवरुद्ध भएको छ । 

अचानक आएको बाढीले दक्षिणमा मलागा प्रान्तदेखि पूर्वमा भ्यालेन्सियासम्म ठूलो क्षति पुर्‍याएको छ । घरहरूमा कयौँ फिट पानी भरिएको देखिएको छ । प्रहरी र उद्धार सेवाहरूले घर र कारबाट मानिसहरूलाई उद्धार गर्न हेलिकोप्टर प्रयोग गरेका थिए । 

स्पेनको आपत्कालीन कार्यदलका १,००० भन्दा बढी सदस्यहरू बाढी प्रभावित क्षेत्रमा खटाइएको छ । स्पेनको केन्द्रीय सरकारले उद्धार कार्यमा सघाउन आपत्कालीन समिति गठन गरेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png