आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २१ कात्तिक २०८१

सभापति पक्राउको विरोधमा आज पनि रास्वपाको विरोध जारी रहने

https://jawaaf.com/storage/01JBZKP98BT0B5561K14ZXDJ10.jpg

AS.gif 486.54 KB

काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

home.gif 1.35 MB

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् ।
लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
Bantawa_Hardware.gif 563.38 KB


मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास समेत प्रहार भएको थियो । झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन् ।

गोर्खा ब्रिट्रिश आर्मी सिंगापुर पुलिस फोर्समा.gif 87.26 KB

सम्बन्धित खबर

/frontend/images/redline.png