कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
धरान । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । सुनसरी, झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरि आज पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो ।
फरार कैदी विनायक यादवलाई बिहिवार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ९८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताउनुभयो ।
हतियार सहित पक्राउ परेका इनरुवा निवासी यादवलाई प्रहरीले आज शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा सार्वजनिक गरेको हो । फरार रहेका विनायक हतियारसहित उक्त स्थानमा रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले घेरा हाली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाले बताउनुभयो ।
हतियार सहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताउनुभयो । २०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्या गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए।
पक्राउ परेका विनायकको साथबाट सिक्सर रिभल्भर पेस्तोल एकथान र १२ थान गोली बरामद गरिएको प्रवक्ता तिमल्सिनाले बताउनुभयो। उहाँले पक्राउ परेका विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाइ पुन कारागार चलान गरिने बताउनुभयो ।
सम्बन्धित खबर






