शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २६ कात्तिक २०८१

उपनिर्वाचनमा रास्वपाको उम्मेदवार आशा बिर बल

https://jawaaf.com/storage/01JCCKSZESGADZ707WN9ESDZKD.jpg

NOW.gif 269.92 KB

मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेदवार टुङ्गाएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि  मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतवार वडा,नगर र जिल्ला कार्य समितिको सयुक्त बैठकले आशा बिर बललाई  वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।

Pathivara.gif 82.25 KB

‘हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न सामाजिक कार्यहरूमा  सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाले उम्मेदवार बनाएको छ, आशा बिर बल सक्षम उम्मेदवार हुनुहुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।

Planning_Consultancy.gif 1.45 MB

उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्बर १ सभापति टाकाराज थापाले  दाबी गरे ।

‘हाम्रो उम्मेदवार  पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’  रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले  भने ।  ‘यो पल्ट हेटौँडा– १२ नम्बर का जनता सचेत छन् ।  पक्कै पनि देशको राजनीति अवस्था अवलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे । 

Bantawa_Hardware.gif 563.38 KB

यसैगरि अन्य उम्मेदवारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेस बाट  सम्भावित अर्जुन तिवारी ,एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान रहेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png