आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २६ कात्तिक २०८१

फर्जी कर्मचारी खडा गरी ४० लाख तलब निकासा

https://jawaaf.com/storage/01JCDDJEBT3HH9VC2SD4M1YAKD.jpg

NOW.gif 269.92 KB

काठमाडौँ । सिराहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलब शीर्षकमा अनियमित रूपमा निकासा दिइएको रहस्य खुलेको छ ।

Pathivara.gif 82.25 KB

हाल सरुवा भएर श्रम विभाग काठमाडौँ पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलब निकासा दिइएको र करिब ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । उनले भने–करिब २२ जना फर्जी कर्मचारी खडा गरी तलब खुवाएको छ ।

 

AS.gif 486.54 KB

सुत्रले जानकारी दिए अनुसार अधिकृत केसीका नातेदार धन बहादुर केसीको नाममा मासिक २२ हजारका दरले ७ महिना लगातार तलब पठाइएको छ । धन बहादुर दाङ्गमै बसेर गोलबजार नगरपालिकाबाट महीनैपिच्छे तलब बुझ्ने भाग्यमानी हुन् ।

 

Bantawa_Hardware.gif 563.38 KB

अधिकृत केसीका सानीआमाका कान्छा छोरा र बुहारी – गोलबजार नगरपालिका वडा नं. ७ का ) दुवै जनालाई काम नगरी गोप्य रूपमा ७ महिनासम्म तलब प्रदान गरिएको छ ।अधिकृत केसीले  गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियाका ३ जना युवाहरूलाई अघोषित रूपमा आफ्नो सुरक्षामा खटाएर गोप्य रूपमा तलब उपलब्ध गराएको सुत्रहरूको दावी छ ।

 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

त्यसैगरी नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफ्ना स्वजातीय बन्धु बान्धव र एमालेका कार्यकर्ताहरू करिब ७ जना र शेषर यादव नाम गरेका अर्का एक   कार्यकर्तालाई कामै नगरी तलब खुवाएका छन् । मेयरकै सिफारिसमा चुनावताका आफूलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रका नवीन लामालाई पनि कामै नगरी तलब दिइदै आएको छ ।  उप प्रमुख मान्ती साहका नातेदार अरुण साहलाई पनि कामै नगरी नियमित रूपमा तलब प्रदान गरिएको छ ।

 

बिना नियुक्ति फर्जी कर्मचारीको रूपमा तलब खानेहरूमा सन्तोष राय पनि छन् । सुत्रले जानकारी दिए अनुसार  यिनी अधिकृत केसीको प्रियपात्र थिए । नगरपालिकामा कार्यरत इन्जिनियर जय किशोर साहले आफ्ना भाइ (काकाका छोरा) लाई विगत ७ महिनादेखि तलब खुवाएका छन् । जवकी उनले एक दिन पनि नगरपालिकामा काम गरेका छैनन् ।

 

Planning_Consultancy.gif 1.45 MB

नगरपालिकामा कार्यरत लेखा प्रमुख गंगा मण्डलले पनि आफ्ना नातेदार राजकुमार शर्मालाई विगत एक वर्षदेखि कामै नगरी तलब निकासा दिलाएका छन् । प्राप्त जानकारी अनुसार गोलबजारको एक निजी अस्पतालमा कार्यरत अनिल कुमार ठाकुर र वडा नं. १२ बलकवाको उप स्वास्थ्य चौकीमा कार्यरत तेज नारायण यादवकी पत्नी मन्दिरा देवी यादवको नाममा गत असोज २९ गते ४–४ महिनाको तलब निकासा दिइएको छ ।

मन्दिरा यादव गोलबजार स्थित जय गोविन्द साह पोली टेक्निकल इन्स्टिच्युटमा डी फर्मा अध्ययन गर्दै गरेकी छात्रा हुन् ।

 

baba_education.gif 870.63 KB

कार्यपालिका सदस्य फुलेस्वर नायक भन्छन् नगरपालिका भित्र मनमौजी छ । नियम कानूनको कुनै पर्वाह छैन । कार्यपालिकाको निर्णय नै भएको छैन । दरबन्दी सिर्जना गरिएकै छैन । तर पनि नियम मिचेर करार र ज्यालादारीमा सम्झौता गराएर कामै नगरी दर्जनौ व्यक्तिहरूलाई तलब निकासा दिइन्छ । यो सरासर भ्रष्टाचार हो ।

 

माओवादी केन्द्रका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् मेयर आफैले आफ्ना आसेपासेलाई पाल्न गैर कानुनी रूपमा तलब खुवाएपछि हाकिम, इन्जिनियर , उप प्रमुख र लेखाले किन छाड्थे र ! सबैले तलब खाने सूचीमा आ–आफ्नालाई घुसाएका छन् । घोर अनर्थ र सरासर अपचलन गरिएको छ ।

 

दिपशिखा गहना गृह.gif 471.46 KB

जनमत पार्टीका स्थानीय नेता रामप्रगेस महतो भन्छन् आउँदो बुधवार हामी नगरपालिकामा जाँदैछौँ । कथित कर्मचारी खडा गरी तलब खुवाएको देखिए नगरपालिकामा तालाबन्दी गर्छौ र दोषीहरूलाई निलम्वन गरेर कारबाही प्रकृया आरम्भ नगरेसम्म कार्यालय सञ्चालन हुन दिंदैनौ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

 

सम्बन्धित खबर

/frontend/images/redline.png