आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २७ कात्तिक २०८१

२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे

https://jawaaf.com/storage/01JCG09YP1014SVX8PT1D1EEJZ.jpg

AS.gif 486.54 KB

काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो ।

Pathivara.gif 82.25 KB

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोसाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभ¥याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश द्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।

Planning_Consultancy.gif 1.45 MB

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुन्डा समूहले अर्का गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्‍टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png