कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।
मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
जारी गरेको विज्ञप्तिमा बेरितको बन्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर




