आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ३० कात्तिक २०८१

सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले दिए उजुरी

https://jawaaf.com/storage/01JCQRCAM36NXHTG94ZHVNPX18.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र  बजगाईंले शृङ्खलबद्ध रूपमा आफू विरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् ।

Bantawa_Hardware.gif 563.38 KB


अनुशासन समितिमा विहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यबसायी बजगाईलें आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन्  ।

Pathivara.gif 82.25 KB


उजुरीमा भनिएको छ,‘नेपाली काँग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाइ इमान र निष्ठाको उपहास हुनेछ ।’


Planning_Consultancy.gif 1.45 MB



बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरूले समाचार प्रकाशित गरेका थिए  ।

सो सम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यस विरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरू केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए ।


दिपशिखा गहना गृह.gif 471.46 KB



लिखित उजुरीमा भनिएको छ, ‘मन्त्रीको शपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुण्ठित  मनसायका  गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचरण र ख्यातिमा दोष लगाउने अमर्यादित र गैर कानुनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल र्पुयाएको छ ।” उजुरीमा भनिएको छ,‘म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु । नेपाली काँग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोको पदचिहलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफूलाई समर्पित गरिरहेको छु ।’


swastikplay and hardware (3).gif 338.56 KB



‘मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्​कल्पित छु । माननीय बजगाईका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको छ’, उजुरीमा भनिएको छ ।

‘प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन  आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिदिनु हुन अनुरोध गर्दछु ।’



AS.gif 486.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png