आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१

डिजेल र मट्‍टीतेलको भाउ बढ्यो

https://jawaaf.com/storage/01JCSXP3V0VQF0VM2NP4M4Z453.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्‍टीतेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ । शुक्रवार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्‍टीतेलको नयाँ मूल्य शनिवार मध्यराति १२ बजेदेखि लागु हुनेछ ।

Pathivara.gif 82.25 KB

निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्‌ राखेको छ । अब चाराली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा डिजेल र मट्‍टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png