आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१

जसपा नेपालले उपनिर्वाचनलाई जनमत निर्माण गर्ने अवसरको रूपमा लिएको छ : पूर्ण बस्नेत

https://jawaaf.com/storage/01JCT1NRRE1TBRVTSHPTSFQBD1.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार पूरा गर्न जनमत निर्माण गर्ने अवसरको रूपमा लिएको बताएका छन् ।

Pathivara.gif 82.25 KB

स्थानीय तहको उपनिर्वाचन सन्दर्भमा बोल्दै बस्नेतले संघ, प्रदेश र स्थानीय तहबिच यथोचित साझेदारी, सुमधुर र सहयोगात्मक सम्बन्धको विकास गर्दै जनअपेक्षा पूरा गर्ने तर्फ ध्यान दिनुपर्ने कुरा बताएका हुन् ।

Bantawa_Hardware.gif 563.38 KB

बस्नेतले भने, ‘स्थानीय तहसँग जनताको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम, सेवा र सुविधाहरू जोडिएको हुन्छ । स्थानीय तह समावेशी लोकतन्त्र र समावेशी विकासलाई अपनत्वसहित प्रत्याभूति गर्ने प्रमुख आधार हो ।’

Planning_Consultancy.gif 1.45 MB

संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सवल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह आवश्यक हुने भन्दै संघीयता कार्यान्वयनका हाम्रा अनुभव, सफल अभ्यास र सकारात्मक पक्षको आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा बस्नेतले जोड दिए ।

संविधान जारी गर्दाका बखत पार्टीका केही सैद्धान्तिक विमति रहेका थिए ।  तसर्थ स्थानीय तह उपनिर्वाचनको अभियान सञ्चालन गर्दैगर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने उनले बताए ।

AS.gif 486.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png