शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०२ मंसिर २०८१

एभरेस्ट कलरले पारित गर्यो आइपिओ निष्कासन प्रस्ताव

https://jawaaf.com/storage/01JCW152G5EGXMWAW2WB1YJJ4G.jpg

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौँ । रँग उत्पादन गर्ने कम्पनी एभरेस्ट कलर लिमिटेडको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिवार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।

Pathivara.gif 82.25 KB

अन्य कलर उधोग भन्दा पृथक् ढँगले, स्वदेशी युवाहरूको लगानीमा गुणस्तरीय एभरेस्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याउने उद्देश्य लिएर १४ वर्ष अघि एभरेस्ट कलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।

Planning_Consultancy.gif 1.45 MB

साधारणसभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने व्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

Bantawa_Hardware.gif 563.38 KB

एभरेस्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरू उपलब्ध गराउने नेपाली कम्पनीको रूपमा परिचित रहँदै आएको छ । स्वदेशी युवाहरू सँगठीत भई सहकारी मोडलमा एभरेष्ट कलर सुरु गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्रान्डका विभिन्न प्रकारका रंगहरू उपलब्ध गराइरहेको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अन्तरराष्ट्रिय गुणस्तर व्यवस्थापन प्रमाणीकरण प्रमाण पत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेस्ट कलरले कुशल व्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभाव प्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरी अन्तरराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याब टेस्ट गरी नेपाली बजारमा रंगहरू वितरण गरिरहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png