आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०२ मंसिर २०८१

गाजा खेतीमा प्रहरीको कडाई, गाँजा नष्ट अभियानमा प्रहरीले बढायो सक्रियता

https://jawaaf.com/storage/01JCWHY4WP05DCVWMX9EV0DFKC.jpg

Bantawa Hardware.gif 828.52 KB

धरान । अवैध रूपमा गाँजा नियन्त्रणमा प्रहरीले सक्रियता देखाएको छ। धनकुटा जिल्ला को महालक्ष्मी नगरपालिका ,शहिदभुमि गाउपालिका र पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाइएको गाजा धनकुटा प्रहरीले नष्ट गरेको हो । चालु आर्थिक वर्षको कार्तिक अन्तिम सम्म जिल्ला प्रहरी कार्यालय धनकुटाले ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको हो । 

Pathivara.gif 82.25 KB

बेर्ना तथा गाँजाको बोट पूर्ण रूपमा नष्ट गर्ने तथा तयारी अवस्थामा रहेको गाजा नियन्त्रण मा समेत प्रहरीले कडाई गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

स्थानको पहिचान गरी धनकुटाका विभिन्न स्थानमा त्यहाँका स्थानीय तहसँग समन्वय गरेर फँडानीलाई तिब्रता दिएको हो । हुन त यो अभियान विगत केही वर्ष अगाडिको देखी नै हो । प्रहरीले चलाएको अभियानले खासै सार्थकता पाएको भने छैन । तर यस वर्ष भने जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँगै समन्वय गरेर आफ्ना मातहतका प्रहरी परिचालन गरी गाँजा खेती नष्ट गर्न थालेको हो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अभियान अन्तर्गत प्रहरीले सहीदभूमि गाउँपालिकाको आँखीसल्लाह, आँखुटार, त्रिवेणी, साँगुरीगढी गाउँपालिकाको मुक्तेन, आहाले, चाँदीबजार, गोलखाँडी लगायतका क्षेत्रमा गरिएका गाँजा खेती नष्ट गर्ने काम गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । 

अभियान अन्तर्गत प्रहरीले यही आर्थिक वर्षको श्रावण महिनामा मात्रै ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको थियो । सो अवधिमा ६५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत श्रावण १३ गते धनकुटामा रहेका विभिन्न ठाउँमा १५ रोपनी जग्गामा लगाइएको २५ हजार ७ सय गाँजाको बोट नष्ट गरेको थियो ।

AS.gif 486.54 KB

नष्ट गर्ने काममा सो बेला १८ जना प्रहरी खटाइएको थियो । यसैगरि श्रावण १४ गते ८ रोपनी जग्गामा लगाइएको २६ हजार बोट प्रहरीले नष्ट गरेको थियो । अभियानमा १७ प्रहरी जवान खटाइएको थियो । यसैगरि श्रावण १७ गते २५ रोपनी जग्गमा लगाइको ४० हजार गाँजा नष्ट गरिएको थियो । यस बेला १५ पहरी परिचालन गरिएको थियो भने श्रावण १८ गते १० रोपनी जग्गामा लगाइएको १७ हजार गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला १५ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । 

यसैगरी सोही वर्षको असोज महिनामा समेत प्रहरीको अभियान अन्तर्गत उल्लेख्य रूपमा गाजाको बोट नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार असोज महिनामा ३९।५ रोपनी जग्गामा लगाइएको २३ हजार ९ सय ८० वटा गाँजाको बोट नष्ट गरेको थियो । नष्ट गर्ने क्रममा ६५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असोज २१ गते १६।५ रोपनीमा लगाएको ९ हजार ९ सय गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला ३३ जना प्रहरी परिचालन गरिएको थियो । यस्तै असोज २२ गते २३ रोपनीमा लगाइएको १४ हजार ८० वटा गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला ३० जना प्रहरी परिचालन गरिएको थियो । 

Planning_Consultancy.gif 1.45 MB

प्रहरीले अभियानलाई तिब्रता दिएसँगै कार्तिक महिनामा भने सबैभन्दा बढी गाँजाको बोट नष्ट गर्न सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कार्तिक महिनामा धनकुटाका विभिन्न स्थानमा १ सय २९ रोपनी जग्गामा लगाइएको ९७ हजार ७ सय ५० वटा गाँजाका बोट नष्ट गरिएको थियो । यसमा ८६जना प्रहरी परिचालन गरिएको थियो । 

जस अनुसार कार्तिक ८ गते ३ रोपनी जग्गामा लगाइएको ७ हजार गाँजाको बोट ४ जना प्रहरीबाट गरिएको थियो । यस्तै कार्तिक २१ गते १६ रोपनीमा लगाइएको ४ हजार ५ सय गाँजाको बोट ७ जना प्रहरीद्वारा नष्ट गरिएको थियो । त्यसैगरि कार्तिक २२ गते ७ रोपनी जग्गामा लगाइएको १५ हजार बोट, २३ गते २६ रोपनी जग्गामा लगाइएको २४ हजार ४ सय बोट, कार्तिक २५ गते ३२ रोपनीमा लगाइएको १३ हजार १ सय बोट, २६ गते ३० रोपनी जग्गामा लगाइएको १४ हजार ६ सय बोट र २७ गते १ रोपनी जग्गामा लगाइएको १ सय ५० बोट नष्ट गरिएको थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png