आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०५ मंसिर २०८१

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

https://jawaaf.com/storage/01JD4A0411NGS4FMMMEB5DJJ49.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधवार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो ।

Pathivara.gif 82.25 KB

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ ।  प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएसँगै पक्राउ गरिएको हो ।

सम्बन्धित खबर

/frontend/images/redline.png