धरानमा “डेल्ली डोज क्याफे” सञ्चालनमा
धरान । धरान उपमहानगरपालिका वडा नं.३ स्थित माछाभौडी (सदन रोड)मा “डेल्ली डोज क्याफे” सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी रणजित राई र हर्क खड्काको संयुक्त लगानीमा उक्त क्याफे सञ्चालनमा ल्याएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्रि मा. अशोक कुमार राईले क्याफेको उद्घाटन गरेका हुन् ।
क्याफेको उद्घाटन गर्दै अध्यक्ष राईले भन्नु भयो “युवाहरू व्यवसायप्रति आकर्षित हुनु राम्रो पक्ष भएको उनले बताए । अहिले धेरै युवाहरू विविध कारणले विदेश पलायन भइरहेको अवस्था छ । युवा पलायन भईरहेको यस्तो अवस्थामा डेल्ली डोज क्याफेको युवा साथीहरूले नै सञ्चालनमा ल्याउनु भएको छ यो सबैका लागि खुसी र नेपालमै केही गरौँ भन्नेहरूका लागि एक प्रेरणादायक कार्य पनि हो यस्तो कार्यमा मेरो तर्फ बाट हौसला प्रदान गर्न उद्घाटन समारोहमा उपस्थित भएको छु । यसरी युवाहरू व्यावसायिक क्षेत्रमा लाग्दा आर्थिक आर्जनसँगै सही बाटोमा लाग्नसमेत सहयोग मिल्छ । र, व्यवसायीको हक-हितका लागि आफू सदैव लागि पर्ने उनको भनाइ छ ।”
सञ्चालक रणजित राईले बताएअनुसार क्याफेले सहुलियत मूल्यमा स्तरीय खाजाका परिकार सहित कफी र बार सेवा उपलब्ध हुने छ। साथै सिक्न चाहानेहरूका लागि बार्टेन्डिङ र बरिस्टा तालिम दिने सेवा पनि रहेको बताए । सञ्चालक राईले भने “युवालाई सामाजिक, राजनीतिक र व्यावसायिक सबै क्षेत्रमा जोड्न आवश्यक छ”, उनले भने, “क्याफेमा लगानीकर्ता र कर्मचारी सबै युवा नै छौँ ।” व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।
अर्का सञ्चालक हर्क खड्का का अनुसार चालिस लाख लगानीमा क्याफे सञ्चालनमा आएको बताए । क्याफेमा ११ जना युवाहरूले रोजगारीको अवसर पाएको बताएका छन् ।
उक्त उद्घाटन समारोहमा जसपा केन्द्रीय उपाध्यक्ष तथा मा. सुशीला श्रेष्ठ र स्थानीय का जनप्रतिनिधि, राजनीतिक दलका नेता पदाधिकारी लगायत विशिष्ट ब्यक्तिहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
सम्बन्धित खबर





