आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ११ मंसिर २०८१

हिरासतबाट रविले भने : मेराविरुद्ध सिंगो राज्य र मिडिया सुनियोजित ढंगले लागेको छ

https://jawaaf.com/storage/01JDKJV7SE5J90J9BVJAMHCKRC.jpg

Pathivara.gif 82.25 KB

काठमाडौँ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमा भएको मौका छोपेर आफूविरुद्ध केही मिडियाले गलत प्रचार गरिरहेको बताएका छन् । पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले आफू हिरासतमा रहेको मौकामा सिङ्गो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहेको बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सन्देश जस्तको त्यस्तै यहाँ राखिएको छ । 

हिरासत कक्षमा भएको भेटमा रवि लामिछानेले भन्नुभयो -
‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई(तीन कल बयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरू सवालहरूमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो।’

दोस्रो कुरा, भन्दै उहाँले अगाडि भन्नुभयोस् -
‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रस्ट रूपमा भनेको थिएँ। सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरू काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेन्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरूका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो किरु जे भए पनि मैले व्यक्तिगत रूपमा र संस्थागत रूपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ।’

कम्पनीको जिम्मेवारी पूरा गर्दा पनि आफूमाथि निरन्तर अन्याय गरिएको भन्दै रवि लामिछानेले भन्नुभयोस् -
‘तर यस प्रसँगलाई यसरी उचालिएको छ कि मानौँ मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला प¥यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरूबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैँक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहिता रहन्छ। प्रचलित कम्पनी ऐनबमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिता बाट मैले निमुख हुन्छु भनेको छैन, हुन्न। तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन। मैले गोर्खा मिडियाका खाताहरू रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन–कुन चेकले कुन–कुन कानूनको उलंघन भयोरु आज पो सुप्रिम, सूर्यदर्शन जस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशन सँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो ररु’

निजी क्षेत्रमा भइरहेका अभ्याससहित आफूविरुद्ध गरिएको षड्यन्त्रबारे उहाँले भन्नुभयोस् -
‘निजी क्षेत्र विश्वासमा चल्छ। मैले हस्ताक्षर गरेका चेकहरू गोर्खा मिडियाका चेकहरू हुन्। कम्पनी ऐनको अधिनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीका मान्छेले जानुन्। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ। ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दा लगाइँदैछ। त्यतिले नपुगेर सरकारी वकिल कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ।’

रवि लामिछानेले चेतावनीपूर्ण रूपमा अगाडि भन्नु भएको छस् -
‘म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिङ्गो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहनेरु यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायालयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रँग बदल्नुपर्ने हुनसक्छ।’

हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिदै गर्दा यो सन्देश चाहिँ नछोटोस् है भनेर भन्नुभयोस् -
‘म जिल्ला सरकारी वकिलको कार्यालय, रूपन्देहीबाट भएको गैरकानुनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यायका कयौँ सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्। मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’

Bantawa_Hardware.gif 563.38 KB

सम्बन्धित खबर

/frontend/images/redline.png