शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ११ मंसिर २०८१

जसपा नेपालले आइटी सेल गठन गर्ने

https://jawaaf.com/storage/01JDM5B4SN5DTSS0WW40QDEAFY.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो । 

यसका लागि पार्टीले जिल्ला क्षेत्रको संगठनमा आबद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका कम्तीमा १० देखि १५ जना व्यक्तिको नामसूचि एक साताभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।

Pathivara.gif 82.25 KB

व्यक्ति छनौट गर्दा संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आइटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने छ । 

साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा राख्नुपर्ने छ ।

त्यसैगरी संगठनको विश्वसनीयता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति आइटी सेलको लागि उपयुक्त हुने भनिएको छ । पार्टीमा लामो समयदेखि सक्रिय भएर काम गर्दै आएको र पार्टी संगठनको हित विपरीत काम गरी कारबाहीमा नपरेको व्यक्ति हुनुपर्ने छ ।

Planning_Consultancy.gif 1.45 MB

सम्बन्धित खबर

/frontend/images/redline.png